काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज बुधबार युएईसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
नेपाललाई आजको खेलमा जित निकाल्दै सिरिज जोगाउने चुनौती छ । पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । घरेलु टोली नेपालविरुद्ध युएईविरुद्ध लगातार दोस्रो जित निकाल्दै सिरिज आफ्नो बनाउने योजनामा छ ।
तीन खेलको सिरिजमा युएई १–० ले अघि छ । आजको खेल जितेमा युएईले सिरिज आफ्नो बनाउनेछ । तर, नेपाल दोस्रो खेलमा जित निकाल्दै सिरिज १–१ को स्थितिमा ल्याउन चाहन्छ ।
दुई टोलीबीच हालसम्म ७ एकदिवसीय खेल भएका छन् । जसमा नेपाल मात्र २ खेलमा विजयी भएको छ । यूएई ५ पटक विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० कार्तिक २०७९, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले यूएईसँग दुई टी-२० म्याच खेल्ने
यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान
क्षेप्यास्त्र प्रतिरोधको भिडियो खिचेकोको आरोपमा यूएईमा दर्जनौँ पक्राउ
यूएईका नेताले पठाए प्रजातन्त्र दिवसको शुभकामना