जुम्ला । आसन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि जुम्लामा आठ सय ४८ कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका जुम्लाले एक सय आठ मतदान केन्द्रको लागि कर्मचारी खटाएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन कर्मचारीको सुचीअनुसार एक सय ६ वटा स्थायी र दुई वटा अस्थायी गरि आठ सय ४८ कर्मचारी खटाएको हाे ।
त्यस्तै, मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार एक सय आठ जना मतदान अधिकृत र एक सय आठ जना सहायक मतदान अधिकृतसहितका कर्मचारी खटाएको हो । उनका अनुसार ९९ मतदान केन्द्रमा आठ जना कर्मचारीका दरले सात सय ९२ जना, सात वटा मतदान केन्द्रमा सात जना कर्मचारीका दरले ४९ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा सात जना खटाएको हो ।
मृख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई सय ५१ भन्दा तलको मतदाता भएको स्थानमा सात जना र दुई सय ५१ भन्दामाथिको मतदाता भएको स्थानमा आठ जनाका दरले कर्मचारी खटाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार खटाएका कर्मचारीलाई तालिम दिएर, सामग्री हस्तान्तरण गरेर पठाएने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ कार्तिक २०७९, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन ३३ दिन बाँकी: आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ उम्मेदवारलाई सोधियो स्पष्टीकरण
निर्वाचन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै
निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
चुनावको मुखैमा अदालतमाथी कांग्रेसको दवाव अभियान
निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो