लमजुङ । नेकपा एमाले उपमहासचिव एवं लमजुङ प्रतिनिधिसभाका एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङले ४ मंसिरको चुनाव महाभारतको युद्धजस्तै भएको बताएका छन् । एमाले उपमहासचिव एवं प्रतिनिधिसभाका उम्मेदवार गुरुङले नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, स्भाभिमान धराप रहेकोले राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रवादी शक्ति एमालले जित्नैपर्ने भएकोले यो चुनाव एमालेका लागि महाभारतको युद्धजस्तै भएको बताएका हुन् ।
एमालेको जित नहुँदा कालापानी, लिपुलेक र लिम्पियधुरालगातय नेपाली भू-भागहरू फेरि पनि धारापमा पर्ने बताए । उनले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्ष पूरा गर्न तथा सुशासन, विकास, समृद्धि र समानता हासिल गर्नका लागि पनि नेकपा एमालेले जित्नुपर्ने बताए ।
त्यस्तै नेकपा एमलेका केन्द्रीय सदस्य एवं लमजुङ क्षेत्र नम्बर १ का उम्मेदवार जमिन्द्रमान घलेले हामीले प्रतिनिधि छान्दा पालो लगाउने नभई जसले जिल्लाको विकासका लागि धेरैभन्दा धेरै योगदान दिएको छ, जो प्रतिनिधि भएर जाँदा त्यो जिम्मेवारीलाई कुशलतापूर्वक प्रभावकारी ढंगाले सम्पन्न गर्न सक्छ त्यस्तो निष्कलंक व्यक्तिलाई चुन्नसके मात्रै जिल्लाको विकास हुने बताए ।
लमजुङको १ नम्बर क्षेत्र विकासमा पछाडि परेको भन्दै हर्राबोटदेखि मर्स्याङ्दी पारी लगेर स्याँगे लगेर जोड्न्, लमजुङको वैकल्पिक राजमार्गको रुपमा विकास गर्ने र हर्राबोटदेखि चेपेको किनारकिनार भएर दुधपोखरीदेखि चेपेको कुनाघाटमा पुल हालेर गोर्खा जोड्ने मोटरबाटोले पूर्वी लमजुङ र क्षेत्र नम्बर १ को विकास हुने भन्दै आफूले जिते प्राथमिकतामा रखेर यो काम गर्ने बताए ।
त्यस्तै लमजुङ प्रदेश २ का उम्मेदवार कृष्णप्रसाद अधिकारीले नेकपा एमालेले अगाडि सारेका उम्मेदवारहरु उत्कृष्ट र विकासको स्पष्ट भिजन भएको केन्द्रसम्म पहुज पुग्ने, नेपाली जनताको पिरमर्का बुजेको, हरेक समय लमजुङको जनतामाझ रहेर काम गरेको उमेदबारहरु रहेका भन्दै नेकपा एमालेको जित सुनिश्चि भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ कार्तिक २०७९, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एआईको विकास नगरे अब पछि परिन्छ: मन्त्री गुरुङ
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक छैन: सरकारका प्रवक्ता
सरकारले नेपाललाई श्रीलंका हुनबाट जोगाएको छ : मन्त्री गुरुङ
यो सरकारले ६ महिनाभित्र देखिने गरी यही काम गर्यो भन्ने छैन : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय एकता बलियो बनाउन सामाजिक सञ्जाल विधेयक : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौ : सञ्चारमन्त्री गुरुङ