काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरूको गीत गाएर मात्रै देशको उन्नति नहुने बताएकी छन् ।
सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले देशको विकास र उन्नति प्रमुख कुरा रहेको बताइन् । रातारात सबै कुरा नहुने भन्दै क्रमशः सरकारले काम गरिरहेको बताइन् ।
नेकपा एमाले अध्यक्ष एवं जेन–जी आन्दोलनको समयका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै अनुसन्धानका लागि पक्राउ गर्ने पनि कानुन हुने बताउँदै मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्नेकुरा नभएको बताइन् ।
आफूहरू कानुनका ज्ञाता भएकाले कानूनअनुसार अघि बढ्ने बताइन् । आफू सरकारमा आइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० वटा मुद्दा दर्ता गरेको र अपराध अनुसन्धान कार्यालयले यसअघि कहिल्यै नगरेको काम गरिरहेको दाबी गरिन् ।
उनले भनिन् ‘सधैँ राजनीति पार्टीको मात्रै गीत गाएर त हुँदैन । उन्नति त देशको हुनुपर्यो नि, विकास त हुनुपर्यो । त्यसैकारण एकै रातारात सबैकुरा पनि हुँदैन । मान्छेलाई पक्रिएर टुँडिखेलमा गोली हान्ने त होइन नि,कानुन भनेको । हामी त कानुनका ज्ञाता मान्छेहरू हौँ । त्यसका पनि घडी छन् । आज हामी आइसकेपछि ४० वटा जति मुद्दा अख्तियारले दर्ता गरेको छ । सिआइबीले काम गरेको गर्यै छ । त्यो काम त कहिल्यै भएको पनि थिएन । यो कुरा पनि मनन गर्नुहोला ।’
प्रधानमन्त्री कार्कीले देशको लागि सबै मिलेर काम गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ पुस २०८२, १८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तालिका प्रभावित पार्ने संकेत देखिएको एमालेको निष्कर्ष
एमालेले थाल्यो आक्रामक चुनावी परिचालन निति
कास्कीमा नेकपा एसका नेताकार्यकर्ता एमालेमा समाहित
पूर्वमन्त्री जितेन्द्र देवले गरे एमाले परित्याग गरेको घोषणा
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना