काठमाडौं । एमालेमा महाधिवेशन आउन अब २५ दिन वाँकी छ । १५ मंसिरसम्म उसले महाधिवेशन प्रतिनिधि चयन गरिसक्ने बताईसकेको छ ।
अहिलेका अध्यक्ष केपी ओली तेहेरिएर फेरि अध्यक्ष बन्ने तयारीमा छन् । त्यसैका लागि उनले आफुसग प्रतिस्पर्धामा आउन सक्ने ठानेर पूर्व राष्टपति विद्या भण्डारीले पार्टीमा सक्रिय राजनीति गर्ने बताएर दुई वर्ष फेरि सदस्यता नविकरण गर्दा ओलीले स्थगित गरिदिए । ।त्यसपछि एमालेको राजनीति नयाँ शिरामा धुव्रिकरण भएको थियो । झन् जेनजी आन्दोलनपछि त एमालेमा ओली एउटा कित्ता र इश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे लगायतका नेताहरु अर्काे कित्तामा देखिन थालेका छन् ।
यो पक्षले विद्यालाई ओलीले सदस्यताबाटै रोकेपछि इश्वर पोखरेललाई अगाडी सारेर टिम नै तयार पारि ओली टिमसंग प्रतिस्पर्धा गर्ने तयारीमा छ । त्यसका लागि दुवै खेमाले एमालेका जनजाती पृष्ठभूमिका नेता पृथ्वीसुब्बा गुरुङलाई आफ्नो टिममा तान्ने रणनीतिमा गृहकार्य गरिरहेका छन् । एमालेभित्रको समिकरणमा गुरुङ अहिले तानातानमा पर्न थालेका छन् ।
कारण उनीसँग अहिले केही निर्णायक मत छ । महाधिवेशनमा त्यही अनुसारका प्रतिनिधि आउने बुझाईमा ओली र पोखरेल दुवै छन् । अहिले एमालेको उपमहासचवि रहेका गुरुङलाई ओलीले आफनो क्याबिनेटमा सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री बनाएका थिए ।
उनले अबको महाधिवेशनमा महासचिवको दावी गरिरहेका छन् । ओलीसँग उनले महासचिवको दावी गरिसकेपनि ओली आफैं अध्यक्ष तेहेरिँदा उनलाई महासचिव दिने नदिने निर्णयमा पुग्न सकेका छैनन ।
तर ओलीको क्याम्पमा तीन उपमहसचिव मध्ये प्रदीप ज्ञवाली पनि महासचिवको दावेदार छन् । विष्णु रिमाल भने यो दौडमा छैनन । पार्टीभित्र शंकर पोखरेलको मात्र विश्वासमा ओलीको नजिक भएर राईदाई गरिरहेका रिमाल पार्टीमा निक्कै कमजोर नेता मानिन्छन् ।
यसले पनि उनले महासचिव दावी गरेका छैनन । तर शंकर पोखरेल ओली अध्यक्ष हुँदा फेरि आफै महासचिव दोहोरिने तयारीमा लागेका छन् । तर ओलीलाई नजिकबाट साथ दिईरहेका प्रदीप ज्ञवालीले यसपटक शंकरलाई उपाध्यक्षतिर लगेर महासचिव आफुलाई दिनुपर्ने माग गरिरहेका छन् । त्यसो गर्दा पृथ्वीसुब्बा लाई पनि उपाध्यक्ष बनाउन उनले ओलीलाई लविङ गरेको खुलेको छ ।
तर गुरुङको मनोविज्ञान भने उपाध्यक्षतिर भन्दा महासचिव मै छ । अध्यक्ष पछिको कार्यकारी पद महासचिव छोडने पक्षमा यसपटक गुरुङ देखिएका छैनन । यही मनोविज्ञान बुझेर गुरुङलाई फकाउने रणनीतिमा पोखरेल पक्ष देखिएको छ । पोखरेल पक्षमा सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट मध्येबाट एक जना महासचिव बन्ने चर्चा छ । तर, ओली टिम पराजित गर्न उनीहरु तीनै जनाले त्याग गर्ने संकेत पनि विद्या भण्डारीसहितको छलफलमा दिने गरेका छन् । पोखरेललाई विद्याले आफनो तर्फबाट अगाडी सार्न खोजेकी छिन् ।
पाण्डे उपाध्यक्ष भईसकेको, भट्टराई र विष्ट दुई दुई पटक सचिव रहेकोले अव गुरुङ टिममा ल्याउन सके उपमहासचिव या उपाध्यक्षतिर गएर महासचिव त्याग गर्न तयार रहेको सन्देश भण्डारी र पोखरेललाई दिईसकेका छन् ।
ओलीमा गुरुङले महासचिव पाउने ठेगान छैन, तर पोखरेल समुहले भने उनी आए महासचिव पद दिने करिव निश्कर्ष निकालेको छ । ‘केपी ओलीले पृथ्वीसुब्बा गुरुङलाई दिने भनेको उपाध्यक्ष हो । महासचिव त शंकर पोखरेल वा प्रदीप ज्ञवालीलाई नै बनाउँछन्,’ पोखरेल समुहका एक नेताले सफलखबरसँग भने, ‘पृथ्वीसुब्बा गुरुङलाई हामी महासचिव बनाएर जाने पक्षमा छौं । उहाँ हाम्रो टिममा आए स्वत महासचिव पाउनु हुनेछ।’
गुरुङलाई पोखरेल पक्षले महासचिवको अफर दिनसक्ने र विद्यासँग पनि निकट सम्वन्ध पृथ्वीसुब्बा गुरुङको रहेको बुझेको ओलीले यही कारण पनि गुरुङलाई अहिले नजिक बनाउन अनेक कोसिस गरिरहेका छैन । दिन विराएरै भएपनि ओलीले गुरुङलाई अहिले गुन्डुमा बोलाएर लामो छलफल गर्ने गरेको ओली निकट नेताले बताए ।
‘ महाधिवेशनमा ओलीको विकल्प छैन । चुनाव भएपनि जित्ने उहाँले नै हो । गुरुङ पराजित हुने टिममा गएर किन महासचिव उठनुहोला र ?’ ओली निकटका एक नेता भन्छन्, ‘पृथ्वीसुब्बा (पिएस)ले यति नबुझने कुरा भएनन्, उहाँको सम्मानसहितको ब्यवस्थापन ओली कमरेडले गर्नुहुन्छ । उहाँ यही टिममा बस्नुहुन्छ ।’
कुनै बेला एमालेमा बामदेव जता लाग्यो, उतै जित हुने अवस्था थियो । त्यसपछि आठौं र नवौं महाधिवेशनमा इश्वर पोखरेल जता लाग्यो, उतैको टिमले जित्ने अवस्था थियो । अहिले पृत्वीसुब्बा गुरुङ त्यस्तै किङमेकरका रुपमा देखा परेको र उनी अहिले ओली र पोखरेल दुवैको तानातानमा परेको एमाले नेताहरु बताउँछन् ।
गुरुङको गण्डकीमा राम्रो पकड छ । त्यसका अतिरिक्त उनी एमालेभित्र जनजाती पृष्ठभूमिका नेता भएकोले उनको देशभर जनजाती नेताहरुसँग बसउठ राम्रो रहेको र उनलाई नेता मान्नेहरु पछिल्लो चरण बाक्लो मात्रामा देखिन थालेको छ ।
विगतमा एमालेको संगठन विभाग प्रमुख भएर समेत काम गरेकाले पनि उनी एमालेमा यतिवेला ओली र पोखरेलको टिमको जीतहारका लागि निर्णायक शक्ति बन्ने देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ मंसिर २०८२, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एआईको विकास नगरे अब पछि परिन्छ: मन्त्री गुरुङ
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक छैन: सरकारका प्रवक्ता
सरकारले नेपाललाई श्रीलंका हुनबाट जोगाएको छ : मन्त्री गुरुङ
यो सरकारले ६ महिनाभित्र देखिने गरी यही काम गर्यो भन्ने छैन : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय एकता बलियो बनाउन सामाजिक सञ्जाल विधेयक : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौ : सञ्चारमन्त्री गुरुङ