विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका ३४ वर्षीय अमित यादव रहेका छन् ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३० बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट उनी खसेका थिए ।
गम्भीर अवस्थामा फेला परेपछि उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारका क्रममा बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
यादव सोही मेडिकल कलेजमा एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा घटनाका कारणबारे विभिन्न पक्षबाट अध्ययन भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ पुस २०८२, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा पेशामा उपभोक्ता अदालतको हस्तक्षेप अस्वीकार्य : नेपाल चिकित्सक संघ
चिकित्सकहरू ३५ दिनदेखि निरन्तर आन्दोलनमा
चिकित्सकलाई मेडिकल कलेज सञ्चालकको धम्की : आन्दोलन नरोकेसम्म भत्ता दिँदैनौं
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी
जनकपुरमा २ दिने चिकित्सक सम्मेलन शुरू
निजी मेडिकल कलेजका आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने