घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ खरिद-बिक्री ?

सफल खबर संवाददाता

सोमबार, २१ कार्तिक २०७९, ११ : ३७
घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ खरिद-बिक्री ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले हिजो आइतबारको तुलनामा सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको जानकारी दिएको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ८०० रूपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ थियो ।

गत साताको शुक्रबारको तुलनामा हिजो आइतबार सुनको मूल्य तोलामा १४ सय रूपैयाँले बढेको थियो । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० रूपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो आइतबार तोलामा ५० रूपैयाँले बढेको चाँदीको मूल्य आज तोलामा १० रूपैयाँले घटेको हो । यससँगै आज चाँदीको कारोबार मूल्य तोलामा १२ सय ६५ रूपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस