काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाने भएका छन्।
बिहान १० बजे पोखरा सभागृहमा हुने वृहत कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन परिचालन कमिटी, कास्कीले जनाएको छ।
अध्यक्ष ओलीसँगै कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई र क्षेत्र नम्बर ३ का दामोदर पौडेल ९ बैरागी० कार्यक्रममा सहभागि हुने निर्वाचन प्रचार प्रमुख दर्शन लामाले जानकारी दिए।
यस्तै, गण्डकी प्रदेशसभा तर्फ १ ९१० का खगराज अधिकारी १ (२) का वेदबहादुर गुरुङ, क्षेत्र नम्बर २ ९१० का भीम कार्की, २ (२) की मीना गुरुङ, क्षेत्र नम्बर ३ ९१० का गणेशमान गुरुङ, ३ (२) का उम्मेदवार राजीव पहारी सभामा सहभागी हुने छन्।
पोखरापछि ओलीले बागलुङ र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ कार्तिक २०७९, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप