काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शनिबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ।
नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा दिउँसो २ बजे एक कार्यक्रमको आयोजना गरी घोषणापत्र सार्वजनिक हुन लागेको हो।
सिट बाँडफाँटको विषयमा चित्त नबुझेपछि जसपा सत्ता गठबन्धनबाट बाहिरिएको थियो। गठबन्धनसँग बाहिरिएसँगै जसपाले नेकपा एमालेसँग गठबन्धन गरेको छ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, राप्रपालगायतका दलहरूले आफ्ना घोषणापत्र सार्वजनिक गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ कार्तिक २०७९, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै