मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल निर्माणका लागि गठबन्धन दललाई विजयी गराउन आग्रह गरेका छन ।
विराटनगर महानगरपालिका–४ स्थित राजवंशी चोकमा आज आयोजित कोणसभामा उहाँले कांग्रेस भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको र यसमा कुनै किसिमको शङ्का नगर्न आग्रह गरे। नेता कोइरालाले विराटनगरलाई व्यवस्थित सहर निर्माण गर्ने जिम्मा गठबन्धनले लिएको उल्लेख गरे। नगर भएर बग्ने दुई खोला केशलिया र सिंघियामा तटबन्ध निर्माण गरी व्यवस्थित र रमणीय बनाउनेतर्फ आफ्नो प्रयास रहने उनले धारणा राखे ।
केशलिया खोलामा सुनसरीको दुहवीदेखि विराटनगरको रानीसम्म सडक करिडोर निर्माण गर्न रु १४ अर्बको योजना अगाडि बढेको डा कोइरालले सो अवसरमा जानकारी र्दिए । उनले लोकतन्त्रलाई सुदृढीकरण गर्न, संविधानको रक्षा गर्न र भ्रष्टाचार नियन्त्रणका लागिसमेत आगामी निर्वाचनमा गठबन्धन दलले जित्नुपर्ने आवश्यक्ता औँल्याए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ कार्तिक २०७९, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. शेखर कोइरालाले गराए मोरङ-६ मा मनोनयन दर्ता
‘सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु’: डा. शेखर कोइराला
डा. शेखर कोइरालाको निर्देशन : ‘काँग्रेस निर्वाचनमा जान आतुर छ, तयारीमा लाग्नुस्’
संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन गर्नुको विकल्प छैन: डा. शेखर कोइराला
डा. शेखर कोइरालाद्वारा आफूनिकट जिल्ला सभापतिसँग छलफल
डा. शेखर कोइरालाले बोलाए आफू निकटका सांसदहरूको बैठक