काठमाडौँ । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा मंगलबारदेखि थुनछेक बहस हुने भएको छ ।
लामिछानेविरूद्ध सोमबार सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गराएको थियो ।
प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ शीर्षकमा अनुसन्धान गरेको थियो ।
प्रहरीका अनुसार, त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्षसम्म कैद सजाय मागदाबी समेत गरिएको छ ।
सन्दीप गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ कार्तिक २०७९, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप
सन्दीप लामिछानेले पीएम कप नखेल्ने