काठमाडाैँ । नेकपा एमालेका नेता भीम रावलले निर्वाचन आयाेगमाथि व्यङ्ग्य गरेका छन्। नेता रावलले सामाजिक सञ्जालमार्फत् यस्ताे व्यङ्गग्य गरेका हुन्।आयाेगले मंगलबार दलका शीर्ष नेताहरूमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र ग्रुप तत्काल बन्द गर्न निर्देशन दिएकाे थियाे।
साेही निर्देशनलाई लिएर उनले व्यङ्ग्य प्रहार गरेका हुन्। रावलले ट्विटरमा लेखेका छन्, ‘कसैलाई मतदान गरौँ वा नगरौँ भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला? यद्यपि आयोगको भनाइ नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरुद्ध छ।’
आयाेगले ‘नो नट अगेन’ नाममा बनेका विभिन्न फेसबुक ग्रुपमा शीर्ष नेतामाथि लाञ्छना गरिएको भन्दै यस्ता पेज र ग्रुप तत्काल हटाउन आग्रह गरेकाे हाे।यस्ता गतिविधि निर्वाचन आचारसंहिताविपरीत हुने पनि आयोगको भनाइ छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा यस्तो कसूर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ कार्तिक २०७९, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै