बारामा प्रहरीले गाेली चलायाे, ३४ राउण्ड अश्रुग्यास पनि प्रहार

सफल खबर संवाददाता

विहीबार, ०३ कार्तिक २०७९, २१ : ०५
बारामा प्रहरीले गाेली चलायाे, ३४ राउण्ड अश्रुग्यास पनि प्रहार

काठमाडौं । बारामा मजदुर र प्रहरीबीच झडप हुँदा नेपाल प्रहरीले गोली चलाएको छ। जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो।

झडपलाई नियन्त्रणमा लिन १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

झडपमा घाइते १० प्रहरीको सिमरास्थित अल्पाइन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जको गण्डक अस्पताल लगिएको छ।

उद्योगमा दशैं तिहारको बोनस नदिएको विषयलाई लिएर कामदार कर्मचारी र व्यवस्थापन पक्षबीच भनाभन भएपछि झडपको अवस्था सिर्जना भएको हो। वार्तामा कुरा नमिलेपछि स्थिति तनावपूर्ण बनेको हो।

प्रतिक्रिया दिनुहोस