एजेन्सी । मलेसियामा आगामी मङ्सिर ३ गते आम निर्वाचन हुने भएको छ । मलेसियाली निर्वाचन आयोगले बिहीबार उक्त जानकारी दिएको हो । उम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते हुनेछ भने आधिकारिक चुनाव प्रचारका लागि दुई हप्ताको समय दिइएको निर्वाचन आयोगका अध्यक्ष अब्दुल घानी सल्लेहले पत्रकारलाई बताएका छन् ।
कुल दुई करोड ११ लाख ७३ हजार छ सय ३८ मतदातालाई सेवा दिन तीन लाख ६३ हजार पाँच सय १५ जना निर्वाचन अधिकृत खटाइने छ । देशभर आठ हजार नौ सय ५८ मतदान केन्द्र सञ्चालन गरिने छन् । सन् २०२० को फेब्रुअरीमा पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदको राजीनामापछि दुईजना प्रधानमन्त्री नियुक्त भएपनि देशमा राजनीतिक अनिश्चितताको अन्त्य नभएकाले प्रधानमन्त्री इस्माइल साब्री याकोबले गत असोज २४ गते संसद् विघटन गरेर तत्काल निर्वाचनका निम्ति मार्ग प्रशस्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०३ कार्तिक २०७९, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरेलु मैदानमा मलेसियालाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज
मलेसियाविरुद्धको टी-२० सिरिज : आज चौथो खेलमा प्रतिस्पर्धा गर्दै नेपाल
मलेसियाविरुद्ध दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी
मलेसियाको जनसंख्या ३४.२ मिलियन पुग्यो
भारत र मलेसियाका लागि राजदूत नियुक्त