मलेसिया कोलालम्पुर । मलेसियाको पश्चिमी तटमा रहेको पांकोर टापुमा इन्डोनेसियाका ३७ जना कागजात विहीन आप्रवासी बोकेको डुंगा डुब्दा १४ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।
पेराकमा स्थित मलेसियन मेरिटाइम एन्फोर्समेन्ट एजेन्सी (एमएमइए) ले सोमबार एक जना स्थानीय माझीले समुद्रमा जीवित व्यक्तिहरू तैरिरहेको भेटेर सूचना गरे पछि घटनाको आशंका गरी उद्धार प्रयास गरिएको बताएको छ ।
प्रारम्भिक अनुसन्धानले डुंगामा सवार ३७ जना मध्ये २३ जना पीडितलाई उद्धार गरिएको जनाएको छ भने बाँकी व्यक्तिहरू पत्ता लगाउने प्रयास जारी छ । पेराक एमएमइएका निर्देशक मोहम्मद शुकरी खोटोबले विज्ञप्ति जारी गर्दै प्रारम्भिक अनुसन्धानले आप्रवासीहरू मे-९ मा इन्डोनेसियाको किसरनबाट पेनाङ, तेरेङ्गानु, सेलान्गोर र क्वालालम्पुर लगायत मलेसियाका अन्य गन्तव्यहरूतर्फ हिँडेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ बैशाख २०८३, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरेलु मैदानमा मलेसियालाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज
मलेसियाविरुद्धको टी-२० सिरिज : आज चौथो खेलमा प्रतिस्पर्धा गर्दै नेपाल
मलेसियाविरुद्ध दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी