काठमाडौ । मलेसियामा जारी घरेलु टोलीसँगको दोस्रो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली ६ विकेटले विजयी भएको छ।
मलेसियाले दिएको ९२ रनको सामान्य लक्ष्य नेपाली टोलीले १६.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।
पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो। योसँगै पाँच खेलको सिरिजमा नेपालले १–१ को बराबरी गरेको छ। नेपालको जितमा पूजा महतोले सर्वाधिक ३९ रनको योगदान दिइन्। इन्दु बर्माले २७ र रुवि पोडारले १५ रन थपे।
नेपालले इनिङ्सको पहिलो ओभरमा नै लगातार दुई विकेट गुमायो। इनिङ्सको पहिलो ओभरको
पहिलो बलमा ओपनर सम्झना खड्का र दोस्रो बलमा कविता कुँवर आउट भए।
मलेसियाकी आइना हमिजाले सुरुवातमै नेपालको दुई विकेट लिँदै टोलीलाई दबाबमा राखेकी थिइन्। मलेसियाका लागि आइनले दुई तथा नुर अल्या र नुर दानियाले समान एक विकेट लिए।
त्यसअघि मलेसियाको वायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ९१ रनको योगफल तयार पारेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ असोज २०८२, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मलेसियाको जनसंख्या ३४.२ मिलियन पुग्यो
भारत र मलेसियाका लागि राजदूत नियुक्त
मलेसिया सरकारले बढायो श्रमिकको पारिश्रमिक