काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले आफूविरुद्ध कुनियतले प्रचार भइरहेको भन्दै आपत्ति जनाएका छन्। नेता रावलले सोमबार साँझ ट्वीट गर्दै आफूलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनेर कुप्रचार गरिएको भन्दै आपत्ति जनाएका हुन्।
उनले आफू क्षेत्र, जिल्ला र प्रदेशबाट सर्वसम्मत उम्मेदवार सिफारिस भए पनि अन्यायपूर्ण किसिमले हटाउँदा पनि चुप लागेको र उचित समयमा बोल्ने उल्लेख गरेका छन्।
रावलले ट्वीटरमा लेखेका छन्, ‘मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइँदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो। उचित समयमा बोल्ने नै छु।’
अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएका रावललाई टिकट नदिएर एमालेले झपट बोहोरालाई उम्मेदवार बनाएको छ। बोहोरा माओवादीबाट एमाले प्रवेश गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असोज २०७९, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको अदालतमा भारतीयले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो ? : भीम रावल
भीम रावलको ओली प्रति कटाक्ष : सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?
भीम रावलको टिप्पणी: टिके चलनको निकृष्ट नमुना
भीम रावललाई साथ दिने एमाले नेता निष्काशित
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै
भीम रावलले टुंग्याए पार्टीको नाम