रोनाल्डोको कीर्तिमानी गोलमा म्यानचेस्टरको जित

एजेन्सी

सोमबार, २४ असोज २०७९, ०९ : २५
रोनाल्डोको कीर्तिमानी गोलमा म्यानचेस्टरको जित

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ७ सय क्लब गोल पुरा गरेको खेलमा म्यानचेस्टर युनाईटेड विजयी भएको छ । 

गुडसिन पार्कमा आईतबार राति रोनाल्डोले ७ सय क्लब गोल पुरा गर्दा युनाईटेडले एभर्टनलाई २-१ गोल अन्तरले पराजित गर्यो । यस सिजन प्रिमियर लिगमा रोनाल्डोको पहिलो गोल पनि हो । 

युनाईटेडका लागि एक गोल एन्टोनीको नाममा रह्यो । एभर्टनका एलेक्स इओवीको सान्त्वना गोल गरे । जितसँगै युनाईटेड १५ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एभर्टन १० अंकसहित १२ औं स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस