पम्फा भुसालद्वारा ललितपुर–३ बाट उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

आइतबार, २३ असोज २०७९, १४ : ०७
पम्फा भुसालद्वारा ललितपुर–३ बाट उम्मेदवारी दर्ता

काठमाडौं । माओवादी नेतृ तथा ऊर्जामन्त्री पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएकी छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् । सोही निर्वाचन क्षेत्रबाट भुसाल यसअघि २०७४ सालको निर्वाचनमा पनि विजयी भएकी थिइन् ।