चितवन । पटकपटक खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा खसेको पहिरो हटाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
केराबारीको पहिरो ५ः५० हटाइएको थियो भने १८ किलोको पहिरो ६ः२० बजे हटाएर बाटो खुलाइएको प्रहरीले जनाएको छ ।
१८ किलोमा लेदोसहितको पहिरो खसेको थियो । यसअघि आज बिहान ८ः२० बजेको समयमा भरतपुर महानगरपालिका–२९, स्थित सत्रकिलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको थियो ।
नारायणगढ मुग्लिन सडकखण्डमा यस वर्षमात्रै दुई दर्जन बढीपटक पहिरो खसेर सडक अवरुद्ध भएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २० असोज २०७९, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा