काठमाडौं । आफूलाई जबरजस्ती करणी गरेको भन्दै झुठो जाहेरी दिएकी एक महिलालाई प्रहरीले पक्रेको छ । नवलपरासीको वर्दघाट, चिसापानी घर भई हाल काठमाडौंको जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिला पक्राउ परेकी हुन् । आफूलाई भक्तपुरको लोकन्थलीमा ल्याएर अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा झुठो जाहेरी दिएको देखिन आएपछि उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
‘ती महिलाको निवेदनमाथि अनुसन्धान र छानबिन गर्दा उक्त प्रकृतिको कुनै पनि घटना भएको देखिएन,’ महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दियो । निर्दोष पुरुषलाई फसाउने नियतले कपोलकल्पित घटना बनाएर जाहेरीसमेत दिएकाले निज महिलालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
महिलालाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असोज २०७९, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
बालिका तथा युवतीलाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा महिला पक्राउ