काठमाडौँ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज आइतबार सकिँदैछ ।
आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्म अर्थात मंसिर १६ गतेसम्मको समयावधि दिएको थियो । समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए ।
जसअनुसार शनिबार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित ९ वटा राजनीतिक दलले शनिबार संशोधित बन्दसूची पेस गरेका छन भने बाँकी रहेका १२ वटा दललाई बन्दसूचीमा भएको त्रुटि सच्याउन आज आयोगमा बोलाइएको छ ।
प्रमुख दलसहित ३६ वटा दलले त्रुटि सच्याएर सूची बुझाइसकेका छन् । दलहरूले बन्दसूचीमा भएको त्रुटि सच्याएपछि बन्दसूचीमा नाम भएकालाई नाम फिर्ता लिन सोमबार तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असोज २०७९, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दलित समुदायबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा २८ जना
समानुपातिकको विवरण सच्याउन आज ४ बजेसम्मको समय
निर्वाचन आयोगद्वारा समानुपातिकतर्फको सिट बाँडफाँट, कसले कति पाए ?
समानुपातिकको मतगणना अन्तिम चरणमा, कुन दलले पाए कति मत ?
समानुपातिकतर्फ एक करोड चार लाख मत गणना, कसको कति ?
समानुपातिकतर्फ १ करोड १ लाख ७५ हजार मतगणना हुँदा कुन दलले कति पाए ?