काठमाडौँ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज आइतबार सकिँदैछ ।
आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्म अर्थात मंसिर १६ गतेसम्मको समयावधि दिएको थियो । समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए ।
जसअनुसार शनिबार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित ९ वटा राजनीतिक दलले शनिबार संशोधित बन्दसूची पेस गरेका छन भने बाँकी रहेका १२ वटा दललाई बन्दसूचीमा भएको त्रुटि सच्याउन आज आयोगमा बोलाइएको छ ।
प्रमुख दलसहित ३६ वटा दलले त्रुटि सच्याएर सूची बुझाइसकेका छन् । दलहरूले बन्दसूचीमा भएको त्रुटि सच्याएपछि बन्दसूचीमा नाम भएकालाई नाम फिर्ता लिन सोमबार तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असोज २०७९, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिक ११० सांसदलाई प्रमाणपत्र प्रदान
समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण प्रक्रिया प्रारम्भ
समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने
समानुपातिकमा दलहरुले छानेका यी हुन् ११० सांसद (नामसहित)
समानुपातिकतर्फ एक करोड सात लाख ३० हजार मत गणना, कुन दलले कति मत पाए ?
यी चार दलले समानुपातिकमा एक हजार मत पनि पाउन सकेनन्