सुनचांँदी व्यवसायी संघ चितवनद्धारा प्रहरीलाई ३५ थान ज्याकेट प्रदान तथा शुभकामना आदान प्रदान

सफल खबर संवाददाता

शनिबार, १५ असोज २०७९, ११ : १६
सुनचांँदी व्यवसायी संघ चितवनद्धारा प्रहरीलाई ३५ थान ज्याकेट प्रदान तथा शुभकामना आदान प्रदान

चितवन। सुनचांँदी व्यवसायी संघ,चितवनले प्रहरीलाई ३५ थान ज्याकेट प्रदान गरेको छ ।आज एक कार्यक्रमबा बीच गितानगर प्रहरी इकाई कार्यालयका प्रहरी निरीक्षक नानीराज थापालाई रिफ्लेक्टर ज्याकेट हस्तान्तरण गरिएको हो। 

सो अवसरमा नेपालीहरुको बडा दशैंको शुभकामना आदान प्रदान गरिएको संघका प्रवक्ता बिकास बर्माले जानकारी दिए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरीलाई शान्ति सुरक्षा र चेकजांँच गर्न सहज होस भन्ने हेतुले ज्याकेट हस्तान्तरण गरिएको बर्माले बताए । 

कार्यक्रममा  उपाध्यक्ष रविन्द्र पन्थि,  उत्सव खाती ,  कोषाध्यक्ष निलेनमान साक्य, सचिव युबराज सुनार , सदस्य विनोद बिस्वकर्मा र  जितु विश्वकर्माको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस