भगवान भनेकै बुवा-आमा हुन् : मेयर दाहाल

सफल खबर संवाददाता

विहीबार, १३ असोज २०७९, १६ : १६
भगवान भनेकै बुवा-आमा हुन् : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भगवान भनेकै बुवा–आमा भएको बताएकी छन् । भरतपुर वडा नम्बर २५ ले आयोजना गरेको ८० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

तर केही व्यक्तिहरुले वृद्धि बुवा–आमालाई वृद्धाश्रममा गएर छाड्ने परिपाटी दुःखद भएको उनको भनाइ छ । बुवा–आमालाई हामीले सम्मान दिएनौँ भने हाम्रा सन्ततिले त्यही सिको गर्ने उनको भनाइ थियो ।जेष्ठ नागरिकलाई सम्मान गर्ने वातावरण निर्माण गर्न समाजिक अभियान, सकारात्मक सोच र चिन्तनको विकास गर्न जरुरी रहेको उनले बताइन् ।

जेष्ठ नागरिकको सम्मानको लागि महानगरपालिकाले नीतिगत निर्णय गरी विभिन्न कार्यक्रमहरु अगाडि बढाएको मेयर दाहालले उल्लेख गरिन् । यसैबीच  दाहालले बुधबार नै भरतपुर–२५ मा रहेको शान्तिनिम टोल विकास संस्थाको नवनिर्मित भवनको एक कार्यक्रमका बीच  उद्घाटन गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस