काठमाडौं । टोखा नगरपालिका–५ बसुन्धारा बस्ने सिता रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१ बस्ने ७१ वर्षीय सुकमान लामा लगायत ६ जना छन् । उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार रूपैयाँ, कौडा १६ थान र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असोज २०७९, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
फरार कैदीबन्दी रुपन्देहीबाट पक्राउ
काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ