काठमाडौँ । प्रहरीले काठमाडौँबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जनालाई पक्राउ गरेको छ। डिभी परेपछि भिसा पक्रियाका लागि कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका नौ जनालाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पाँचथर घर भइ दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, नुवाकोट घर भइ टोखा बस्ने २५ वर्षीय राधिका तामाङ र स्याङ्जा घर भइ बसुन्धारा बस्ने ३८ वर्षीय सविता श्रेष्ठ छन्।
यस्तै अछाम घर भएका २७ वर्षीय वीरेन्द्रबहादुर रावल, झापा घर भएका ४६ वर्षीय विदुर प्याकुरेल, ४० वर्षीय दिनेश प्रसाईं र ४७ वर्षीय सूर्यबहादुर श्रेष्ठ छन्। उनीहरूलाई बिहीबार अमेरिकी दूतावासबाटै पक्राउ गरिएको हो। उनीहरूले सन् २०२१ मा डिभी भरेका थिए।
डिभी परेर अमेरिका जान शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नैपर्ने बाध्यता भएपछि उनीहरूले नक्कली प्रमाणपत्र बनाएर दूतावासमा बुझाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ असोज २०७९, २० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ