उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले चालु आर्थिक वर्षमा अदालतबाट सजाय तथा बिगो जरीवाना तोकिएको ४३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले गत साउन र भदौ महिनामा अदालतले विभिन्न मुद्दामा सजाय तथा बिगो जरीवाना तोकिएको अभियुक्तहरूलाई पक्राउ गरि फैसला कार्यान्वयनका लागि जिल्ला अदालत गाईघाटमा बुझाएको छ ।
चालु आर्थिक वर्ष सुरू भएपछि १ साउनदेखि ३१ भदौसम्ममा ४३ जना फरार अभियुक्त पक्राउ गरी सजाय र बिगो जरिवाना भुक्तान गराएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक (डिएसपी) राकेशकुमार पोदारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असोज २०७९, १७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ