काठमाडौं । बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य पुँजी) संकुचन भएपछि नेपाल राष्ट्र बैंकले एक साताको बीचमा दुईपटक रिपोमार्फत बजारमा तरलता पठाउने भएको छ ।
राष्ट्र बैंकले ३० भदौ बिहीबार रिपोमार्फत बजारमा २० अर्ब रुपैयाँ तरलता पठाउने भएको हो । उक्त रिपोको अवधि ७ दिनको रहेको केन्द्रीय बैंकले जनाएको छ । यसअघि २३ भदौमा १४ दिन अवधिको उक्त रिपोमार्फत केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ नै तरलता बैंकहरूमा पठाएको थियो । उक्त रिपोको अवधि अझै एक साता बाँकी रहेको छ । उक्त रिपोको अवधि नसकिदै केन्दि्रय बैंकले थप २० अर्ब तरलता बैंकिङ प्रणालीमा पठाउन लागेको हो ।
बैंकहरुले न्यूनतम १० करोड र बढीमा अक्सन हुने रकमसम्म ५ करोडले भाग गर्दा भाग जाने रकम बोलकबोल गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले यसअघि ३० अर्बको रिपोमार्फत तरलता पठाइसकेको थियो । यस्तै १४ अर्ब ८५ करोडको ओभरनाइट पर्चेजमार्फत बैंकमा तरलता पठाइसकेको छ ।
बैंकहरुले २९ भदौसम्म १६ खर्ब १६ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको स्थायी तरलता सुविधा (एसएलएफ) र ४१ अर्ब ५७ करोड ओभरनाइट रिपो गरि १६ खर्ब ५८ अर्ब ५३ करोड ३० लाख रुपैयाँ तरलता सुविधा प्रयोग गरिसकेका छन् ।
जसमध्ये २९ भदौसम्म बैंकहरुले भुक्तानी तरलता सुविधा वापतको राकम एक खर्ब ६१ अर्ब ८७ करोड ५५ लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता कम हुँदा रिपोमार्फत तरलता प्रभाव गर्ने गर्छ भने बढी हुँदा रिभर्स रिपोमार्फत प्रशोचन गर्छ ।
प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘रिपो’ हो । यस्तै बैंकले बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने मौद्रिक औजार ‘रिभर्स रिपो’ हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० भदौ २०७९, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा तरलता बढेसँगै थप ५० अर्ब उठाउँदै राष्ट्र बैंक
राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै
४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले ६० अर्ब तरलता खिच्दै
राष्ट्र बैंकको अध्ययन : यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती