काठमाडौँ । निजामती कर्मचारीको सरुवा प्रणालीमा विधि र प्रक्रियाबमोजिम काम नगरिएपछि विगत छ वर्षदेखि अव्यवस्थित रूपमा कर्मचारी सरुवा हुँदै आएको छ । अहिले राम्रा र आकर्षक कार्यालयमा पहुँच र शक्तिका आडमा बर्सौंसम्म टिकिरहने तर पहुँच नभएका कर्मचारी केही महिनामा नै सरुवा हुने प्रवृत्ति कायमै छ ।
दुर्गम कार्यालयमा कर्मचारी जान नचाहने हुँदा कर्मचारीको अभावमा सेवा प्रवाह ठप्प हुने गरेको छ भने सुगम कार्यालयमा कर्मचारी सरुवा हुन उच्च पदस्थ अधिकारीदेखि राजनीतिक दलका नेतासम्मलाई भनसुन गर्ने क्रम यथावत् छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले आफू अनुकूलको कार्यालयमा सरुवा हुन कर्मचारीको बाक्लै उपस्थिति हुने गरेको मन्त्रालयले नै स्वीकार गरेको छ । मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले निजामती सेवा नियमावली अनुसार साउन र भदौ महिना कर्मचारीको सरुवा गर्ने महिना भएकाले कर्मचारी मन्त्रालयमा आउनु स्वाभाविक भएको बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ साउन २०८२, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आधा दर्जनभन्दा बढी सहसचिवहरूको सरुवा
ऊर्जा आयोगमा सरुवा गरिएका हितेन्द्रले पाउनेछन् मासिक झन्डै ३ लाख सेवा सुविधा
बागमती प्रदेशका ५ सचिवको सरुवा
५१ शाखा अधिकृतको सरुवा(सूचीसहित)
चार सचिवको सरुवा, सशस्त्रका दुई डीआईजीको म्याद थप
गृह मन्त्रालयले गर्यो २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)