काठमाडौँ । निजामती कर्मचारीको सरुवा प्रणालीमा विधि र प्रक्रियाबमोजिम काम नगरिएपछि विगत छ वर्षदेखि अव्यवस्थित रूपमा कर्मचारी सरुवा हुँदै आएको छ । अहिले राम्रा र आकर्षक कार्यालयमा पहुँच र शक्तिका आडमा बर्सौंसम्म टिकिरहने तर पहुँच नभएका कर्मचारी केही महिनामा नै सरुवा हुने प्रवृत्ति कायमै छ ।
दुर्गम कार्यालयमा कर्मचारी जान नचाहने हुँदा कर्मचारीको अभावमा सेवा प्रवाह ठप्प हुने गरेको छ भने सुगम कार्यालयमा कर्मचारी सरुवा हुन उच्च पदस्थ अधिकारीदेखि राजनीतिक दलका नेतासम्मलाई भनसुन गर्ने क्रम यथावत् छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले आफू अनुकूलको कार्यालयमा सरुवा हुन कर्मचारीको बाक्लै उपस्थिति हुने गरेको मन्त्रालयले नै स्वीकार गरेको छ । मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले निजामती सेवा नियमावली अनुसार साउन र भदौ महिना कर्मचारीको सरुवा गर्ने महिना भएकाले कर्मचारी मन्त्रालयमा आउनु स्वाभाविक भएको बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ साउन २०८२, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीडीओसहित गृहका ८ कर्मचारी सरुवा
२९३ जना प्रहरी वरिष्ठ नायव निरीक्षकको सरुवा
१५ उपसचिवको सरुवा (सूचीसहित)
१७ डिएसपीको सरुवा (सूचीसहित)
चारजना सचिवको सरुवा, रक्षामा पुगे केदारनाथ शर्मा
चारजना सचिवको सरुवा, रक्षामा पुगे केदारनाथ शर्मा