काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षका ७ प्रभावशाली नेताले सभापति शेरबहादुर देउवा संग आज भेट्घाट गर्दैछन् । कांग्रेस संस्थापन इतरका नेता शेखर कोइरालाले पार्टीभित्र बढाएको दवाव, विपक्षी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड देखि पूर्वराष्टपति विद्यादेवी भण्डारीसम्मलाई गरेको भेटघाट र कांग्रेस- एमाले गठबन्धन सरकारका विरुद्ध आफु निकट नेता र सांसदहरुसँग छलफल थालेपछि कांग्रेसका संस्थापन पक्षका प्रभावशाली नेताहरुको छलफल भएको थियो ।
हुन त यी नेताहरु कांग्रेसको अबको महाधिवेशनमा देउवाले कसलाइ नेतृत्वका लागि अगाडी सार्छन् भन्ने विषयमा पनि देउवाले जवाफ दिनुपर्ने पक्षमा छन् । त्यसका लागि उनीहरुले देउवालाई भेटेर यस अगाडी नै प्रश्न पनि गरेका थिए
कहिले कुन नेता त कहिले कुन नेताको घरमा आन्तरिक छलफलमा विगत केही समय देखि जुट्दै आएका कांग्रेसका संस्थापनका यी नेताहरुले सातै प्रदेशमा प्रदेश स्तरीय सभा आयोजना गर्ने निर्णय पनि यस अगाडी गरेका थिए । तर वर्षाको समय भएकोले भदौंबाट मात्र अब यो अभियान चलाउने उनीहरुको मत छ ।
यसरी भेटघाटमा जुटेका संस्थापनपक्षका नेताहरु हुन् - पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, पूर्वमहामन्त्रीहरू शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत । उनीहरुबीच सोमबार प्रकाशमान सिंहको ठमेल चाक्सीबारीस्थित निवासमा जमघट भएको थियो । उनीहरू सबै सभापति देउवानिकट नेताहरू हुन्।
सोमबारको छलफल विशेषगरी पार्टीकै संस्थापनइतरका नेता शेखर कोइरालाको पछिल्ला भेटघाट र गतिविधिमा केन्द्रीत रहेको बैठकमा सहभागी एक नेताले बताए । 'शेखरका पछिल्ला भेटघाट र गतिविधि पार्टी हितका पक्षमा छैनन, उनले पार्टीभित्र थप गुटवन्दी बढाउने र अन्तत पार्टी नै विभाजनको दिशामा लैजाने खेलका सथ काम भईरहेका छन्, यसलाई पार्टीले छुट दिनु हुन्न, यसबारेमा सभापतिलाई बेलैमा ध्यानाकर्षण गराउनुपर्छ', कांग्रेसका यी नेताहरुले छलफल गरेका थिए ।
शेखरका गतिविधिका बारेमा कोइराला परिवारकै नेता शसांक कोइरालाले प्रश्न उठाएका थिए । शेखर कोइरालाले भने अब पार्टीभित्र अन्तरसंर्घष चर्काउने, कांग्रेस एमाले गठबन्धन सरकारको खुलेर विरोध गर्ने नीति अख्तियार गर्न लागेका छन् । त्यसका लागि आवश्यक परे र संख्या जुटे संसदीय दलको नेता फेर्ने र विपक्षीहरुले साथ दिए आफ्नै नेतृत्वमा नयाँ समिकरणको कोसिस पनि गर्ने तयारी थालेका छन् ।
शेखरले पार्टीभित्र अब असन्तुष्टि र जनआक्रोशका आवाज खुलेरै सार्वजनिक गर्ने नीति पनि अवलम्बन गर्न लागेका छन् । पूर्वरास्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउने कुरालाई रोक लगाउनु पर्ने कांग्रेसका अधिकाशं नेता कार्यकर्ताको मत रहेका बेला शेखरले भण्डारीसँग भेट गरेर राजनीतिमा आउन सहयोग र स्वागत नै गर्ने वचन दिएर फर्केको बुझाईमा यी देउवा निकटका नेताहरु छन् ।
विद्या भण्डारी राजनीतिमा सक्रिय हुँदा कुनै न कुनै बहानामा कम्युनिष्टहरु एक हुनसक्ने, कांग्रेसको प्रजातानित्रक मत राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)ले धेरै काट्ने र कांग्रेस चुनावमा निरिह बन्न सक्ने उनीहरुको बुझाई छ । जसकाकारण पनि भण्डारीलाई राजनीतिमा आउनबाट रोकेर कम्युनिष्टहरुलाई चुनावमा एक ठाउ आउन दिन नहुने, रास्वपातिर जान खोजेको कांग्रेसको जनमत कांग्रेसभित्रै सुरक्षित राख्नुपर्ने र शेखरका विपक्षी पार्टी र नेताहरुसँग बढ्न थालेको हिमचिम बेलैमा रोक्नुपर्नेमा कांग्रेसका यी सात भाई एक ठाँउ छन् ।
सोही कारण पनि उनीहरुले आज बिहान १० बजे सभापति शेरबहादुर देउवालाई भेटेर गुनासो राख्ने तयारी गरेका छन् । चाक्सीबारी छलफलपछि पूर्वउपसभापति गोपालमान श्रेष्ठले समग्र विषयमा सभापति शेरबहादुर देउवालाई भेटेर कुरा राख्न लागिएको जानकारी दिए ।
‘मंगलबार बिहान १० बजेतिर हामी सभापतिजीलाई भेटेर कुरा राख्छौं,’ उनले भने । यो समुहले सरकारमा केपी ओलीले प्रभावकारी काम देखाउन नसकेको विषयमा पनि छलफल गरेका थिए । कांग्रेसबाट सरकारमा नेतृत्व गरेर गएका प्रकाशमान सिंह स्वयम यो बैठकमा सहभागी भएको र उनकै निवास चाक्सीबारीमा छलफल भएकोले उनीहरुले सिंहलाई सरकारमा कांग्रेसका तर्फबाट प्रभावकारी भूमिका खेल्न र कांग्रेसमा उठ्न खोजेको असन्तुष्टि सम्वोधन गरेर अगाडी बढ्न प्रधानमन्त्री ओलीलाई प्रकाशमान सिंहले नै कुरा गर्ने समझदारी पनि यी नेताहरुको बीचमा बनेको छ ।
त्यसो हुँदा कांग्रेसका देउवा निकटका ७ भाईले पार्टीको आगामी महाधिवेशन, शेखरले चालिरहेको कदम, सरकारका काम बारवाही लगायतका विषयमा आज सभापति देउवासँग छलफल गर्नेछन् । उनीहरुले कांग्रेस र एमाले गठबन्धन अहिले टिकाएर जानुपर्ने पक्षमा पनि देउवालाई भन्नेछन् । शेखरले गठबन्धन भत्काउन गरिरहेको गृहकार्यलाइ तोडेर अहिले यही गठबन्धन टिकाउनु पर्ने र सभापतिले सरकारको नेतृत्व गर्ने पालो कुरेरै बस्नुपर्ने निश्कर्षमा कांग्रेसका यी ७ भाई नेता रहेको बैठकमा सहभागी एक नेताको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ साउन २०८२, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारी कर्मचारीका लागि कुलिङ पिरियड ४ वर्ष राख्नुपर्ने काँग्रेसको नयाँ प्रस्ताव
कांग्रेसका पाँच पदाधिकारी देउवालाई भेट्न बुढानीलकण्ठ पुगे
कुलिङ पिरियड लागू हुन्छ, यसमा कम्परमाइज गरिंदैन : कांग्रेस
'कुलिङ अफ पिरियड’ नराख्न संशोधन हालेर एमालेबाट धोका भएको भन्दै शेखरले जनाए आपत्ति
काँग्रेसद्वारा मन्त्री अधिकारीको ३२ लाख घुसको अडिओबारे छानबिन गर्न माग
काँग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग