चितवन । नेपालको ईतिहासमा पहिलो निर्वाचित महानगरकी महिला मेयर हुन् रेणु दाहाल ।
उनको नेतृत्वदायी क्षमता र विकासप्रेमी भावनाका कारण आज भरतपुरको मुहार फेरिएको छ । कसैले पत्याउन नसक्नेगरि यहाँको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी लगायका विकासले गति लिएका छन् । स्वदेश तथा विदेशी लगानीको केन्द्रपनि अहिले भरतपुर बनेको छ ।
भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएर आएपछि मेयर रेनु दाहालले गरेका धेरै महत्वपूर्ण काम र भरतपुरले फेरेको मुहार अहिले भरतपुरबासीले आफै दिन रात देख्दै र प्रयोग गर्दै आएका छन् l
रेनु दाहालको भरतपुर महानगरपालिकामा योगदान
भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएर आएपछि रेनु दाहाल दिन रात, घाम पानी नभनी किन जनतालाई आवश्यक सहयोग र जनताको जिवनशैलीमा सुधार गर्न निरन्तर लागि रहेकी छिन्। अहिले भरतपुरमा हरेक जनताले बोल्ने र सोध्ने एउटै प्रश्न हो, आखिर भरतपुर महानगरपालिकामा के र काहा विकास भएन?
रेनु दाहाल भरतपुरको मेयर भएर आईसके पछि उनले एक व्यक्तिका लागि मात्र, एक पात्र, एक वर्गका लागि मात्र काम गरीन्न् उनले बालबालिका देखि युवा, युवा देखि बुद्ध सम्मका लागि नगर प्रमुखले के गरेर र कसरी उहाहरुको लागि गर्नु पर्ने काम सहज बनाउन सकिन्छ भनेर दिन रात लागिन्।
भरतपुरको त्यो बिकट ठाउँ भन्ने स्थान र गाउँ सम्म मेयर रेनु दाहालनै आएपछि पहल र उनको योगदानले आज १,२ घण्टा लाग्ने बाटो केही मिनेटमै पुग्ने बाउन सफल बनिन्।
कृषि पेशामा लागेर आम्दानीनै नभएर बाच्नै गर्हो हुने किसानलाई पनि निकै ठुलो अनुदान र उनीहरूको कुरा सुनेर आवश्यक सहयोग र पहलमा लागेर आहिले भरतपुरमा उनले नै कृषि क्रान्ति गरीन जसले गर्दा आज भरतपुरका हरेक किसानहरूले बर्सेनि तरकारी देखि आवश्यक खाद्यान्नको जोड जाड र जिवन आर्जन कृषिबाटै गर्दै आएका छन्।
उपचारका लागि भरतपुर अस्पतालमा विरामी घण्टौ लाइनमा बसेर पनि उपाचार गर्न पाउने कि नपाउने भन्ने अन्योल रेनु दाहाललेनै हटाएर वृद्धहरुलाई निशुल्क टिकटको व्यवस्था गरीन र रेनुकै जोडबलमा भरतपुर अस्पताल अझै व्यवस्थित भयो र आज रेनु दाहाले स्वाथ्य क्षेत्रमा गरेको योगदानका कारण भरतपुर एउटा मेडिकल सिटीको रुपमा पनि चिनिदै आएको छ।
रात पर्छ सुत्न लाग्यो राती मर्ने कि बाच्ने भन्ने अन्योल पारेको नारायणी क्षेत्रका बासिन्दा अहिले रेनु दाहालले नै गर्दा नारायणी क्षेत्र तटबन्ध भयो र अहिले यस स्थानका जनता ढुक्क संग सुत्न पाउछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ साउन २०८२, २२ : १९
लेखकबाट थप