काठमाडौं । नेकपा (एमाले) भित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीति गर्ने घोषणा पछि गम्भीर आन्तरिक द्वन्द्व चुलिएको छ । अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टीभित्र प्रतिस्पर्धीको रूपमा बुझ्दै खुला रूपमा छेकबार गर्न थालेपछि एमाले नेतृत्व तहमा स्पष्ट ध्रुवीकरण देखिन थालेको हो ।
भण्डारीले विगत एक वर्षदेखि पार्टी सदस्यता नवीकरणको प्रक्रिया अगाडि बढाउँदै आएकी थिइन् । तर, ओलीले त्यसलाई ‘पेन्डिङ’मा राख्ने निर्णयसँगै एमालेभित्रको शक्ति संघर्ष नयाँ मोडमा पुगेको छ । पार्टीको सर्वोच्च तह केन्द्रीय सचिवालयमै भण्डारी र ओली पक्षधर नेताहरू खुलेर उभिन थालेका छन् । यधपी ओली र भण्डारीका बीचमा आइतबार एमाले मुख्यालय च्यासलमा छलफल भएको छ । बाहिर दुइृ नेताले अब मिलेरै अगाडी बढ्ने बताएपनि भित्रभित्र तीव्र आन्तरिक धुव्रिकरण सुरु भएको छ ।
सचिवालयमै दुई ध्रुव : यस्तो छ समिकरण
नेकपा एमालेका पदाधिकारीहरुको केन्द्रीय सचिवालय छ । १९ सदस्यीय पदाधिकारीमा एक जना टोपवहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका कारण निलम्बनमा छन् । बाँकी १८ जना नेताहरुमा ओली की भण्डारी भनेर कित्ताकाँट सुरु भएको छ । केन्द्रीय सचिवालयमा अहिले ओली र भण्डारी पक्षधर नेताहरूको संख्या करिब समान देखिएको छ।
विद्या भण्डारी पार्टीभित्र पुनः सक्रिय भएलगत्तै ओलीमा असहजता देखिएको छ । एकातिर पार्टीभित्रको महिला, राष्ट्रियता र समाजवादी लाइनको नेतृत्वमा उनी स्थापित नेतृका रूपमा देखिन्छिन् भने अर्कातिर ओलीको दीर्घकालीन एकल नेतृत्वलाई चुनौती बन्ने खतरा पनि उस्तै छ । यही कारण ओलीले सदस्यता नवीकरणमै रोक लगाएर भण्डारीको प्रभाव रोक्ने प्रयास गरेका छन् ।
भण्डारीको पक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, तथा सचिव गोकर्ण विष्ट र रघुवीर महासेठ उभिएका छन् । ओलीको पक्षमा उपाध्यक्ष रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल, तथा सचिव लेखराज भट्ट र पद्माकुमारी अर्याल छन् ।
यसबीच, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल र गुरु बराल तथा सचिवहरु पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र छविलाल विश्वकर्मा तटस्थ भूमिकामा छन् । उनीहरु कहिले ओलीतिर त कहिले भण्डारीतिर नजिक जस्तो देखिएर छलफलमा छन् । तर उनीहरुले आफनो कित्ता प्रष्ट पारिनसकेको एमाले नेताहरुको भनाई छ ।
पार्टीको शक्ति सन्तुलन सचिवालयमै यसरी दुई खेमामा बाँडिएपछि अबको राजनीतिक निर्णयहरूमा गम्भीर रस्साकस्सी हुने संकेत देखिएको छ । एमालेमा नेकपा कालपछि ओलीको एकछत्र राज चल्दै आएको थियो । ओलीले जे बोल्थे, त्यही पार्टी निर्णय हुन्थ्यो । कसैले ओलीको बोली र निर्णयमा धावा बोल्न सक्दैनथे । पार्टीभित्रको आन्तरिक लोकतन्त्र असाध्यै कमजोर बनेको थियो । जव भण्डारीले राजनीतिमा आउने घोषणा गरिन्, एमालेभित्र धुव्रिकरण तीव्र मात्र बनेन, विस्फोटकै अवस्थामा रह्यो ।
ओलीको नयाँ भरोसा : पूर्व माओवादी धारका नेता
अध्यक्ष ओलीले अहिले पार्टीभित्र सत्ता सन्तुलन आफ्नो पक्षमा राख्न पूर्व माओवादी पृष्ठभूमिका नेताहरूलाई फेरि सक्रिय रूपमा साथ लिन थालेका छन् । उपाध्यक्ष रामबहादुर थापालाई उनले सरकारी सेवा–सुविधासहितको जिम्मेवारी दिँदै आफ्नो वरिपरि राखेका छन ्।
त्यस्तै, सुदूरपश्चिममा भिम रावललाई एमालेबाटै निश्कासन गरेर सम्भावित चुनौतीलाई रोक्न ओलीले लेखराज भट्टलाई अगाडि बढाएका छन् । रावललाई निष्क्रिय पार्दै उनले कर्ण थापालाई समेत छायाँमा धकेलेका छन् । थापा खुलेर भण्डारीको पिल्लरका रुपमा देखा परेपछि भटटलाई ओलीले सुदूरपश्चिममा आफनो पक्षमा खटाउन थालेका छन् ।
पछिल्लो समय पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा ओलीले टोपबहादुर रायमाझीको पनि उल्लेख गरेर रायमाझीको पक्षमा पनि सान्त्वना दिएका छन् कि, उनी अझै माओवादी पृष्ठभूमिका नेताहरूसँग कार्यगत सहकार्यको लाइनमा छन् ।
ओली पक्षका नेताहरूको बुझाइमा, पार्टीभित्र संख्या बल नभए पनि ‘कमिटी अंकगणित’ आफ्नो पक्षमा राख्न पूर्व माओवादी नेताहरू निर्णायक हुने छन् । यही आधारमा ओली ती नेताहरूसँग सम्बन्ध सुदृढ बनाउँदै एमालेमा आफ्नो पकड मजबुत बनाउन चाहिरहेका छन् ।
भण्डारीको उभार र ओलीको आशंका
विद्या भण्डारी पार्टीभित्र पुनः सक्रिय भएलगत्तै ओलीमा असहजता देखिएको छ । एकातिर पार्टीभित्रको महिला, राष्ट्रियता र समाजवादी लाइनको नेतृत्वमा उनी स्थापित नेतृका रूपमा देखिन्छिन् भने अर्कातिर ओलीको दीर्घकालीन एकल नेतृत्वलाई चुनौती बन्ने खतरा पनि उस्तै छ । यही कारण ओलीले सदस्यता नवीकरणमै रोक लगाएर भण्डारीको प्रभाव रोक्ने प्रयास गरेका छन् ।
तर सचिवालयमै बराबरी समर्थन र तटस्थ नेताहरूको भूमिकाले अब भण्डारीलाई पूर्ण रूपले छेक्न ओलीलाई सहज हुने देखिँदैन । आज देखि बस्न लागेको केन्द्रीय कमिटी बैठकमा यी ध्रुवीकरण झन स्पष्ट र टकरावपूर्ण बन्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ साउन २०८२, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प
एमालेमा ७० वर्ष नाघेकालाई मानार्थ सदस्यता दिने र सदस्यता शुल्क नलिइने