एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट भविष्यमा नै चीन भ्रमण गर्ने सम्भावना रहेको बताएका छन्। सेप्टेम्बर महिनामा दोस्रो विश्व युद्धको स्मरणमा हुने कार्यक्रममा उपस्थित हुने हो या अन्य कुनै समयमा भन्ने बारे ट्रम्पले केही पनि खुलाएका छैनन्।
सेप्टेम्बरको सो कार्यक्रममा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनको पनि उपस्थिति रहने छ। यो वर्षको सुरुवातमा नै ट्रम्प र उनका समकक्षी चिनियाँ राष्ट्रपति सी चिनफिङ बीच भएको फोन वार्तामा एक अर्कालाई आफ्नो देशमा स्वागत गरेका थिए।
केही समयको अन्तरालमा दुई वटा भेटघाटको अवसर छ। सेप्टेम्बर महिनामा दोस्रो विश्व युद्ध भएको ८० वर्षको सम्झनामा बेइजिङमा कार्यक्रम हुनेछ। सो कार्यक्रममा रुसी राष्ट्रपति पुटिन पनि चीन जाने छन्। अक्टोबर महिनाको अन्त्यमा दक्षिण कोरियाले आयोजना गर्ने एपेक सम्मेलनमा उनीहरूको भेट हुने सम्भावना छ।
ओभल अफिसमा फिलिपिन्सका राष्ट्रपति फर्नान्डो मार्कोस जुनियरसँग भएको वार्ताको क्रममा ट्रम्पले सो कुरा बताएका हुन्। ट्रम्पले फिलिपिन्सले दुई मध्य जुन देशसँग राम्रो सम्बन्ध राखे पनि त्यसले आफूलाई कुनै असर नगर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०८ साउन २०८२, ०६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल