काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार पनि बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ६३ दिन अवधिका लागि ६० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।
यसअघि गत आइतबार केन्द्रीय बैंकले ६३ दिनकै लागि ३० अर्ब रुपैयाँ तरलता खिचेको थियो । राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन पेस गर्न सक्नेछन् ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । यसको साँवाब्याज आउँदो १८ भदौमा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ असार २०८२, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने
राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब
मुद्रास्फीति गत वर्षको भन्दा आधा बढी तल झर्यो :
राष्ट्र बैंकले ५० अर्ब निक्षेप तान्दै
राष्ट्र बैंकद्वारा दुई बैंकलाई कारवाही
लगानी खुम्चिएपछि तीन महिनाका लागि ३० अर्ब तान्दै राष्ट्र बैंक