काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता बढेसँगै नेपाल राष्ट्र बैंकले निरन्तर रूपमा तरलता उठाउँदै आएको छ । आइतबार पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज उक्त रकम उठाउन लागेको हो ।
राष्ट्र बैंकले ४ दिनका लागि आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकम रहेको छ ।
सावाँ तथा ब्याज भुक्तानी आगामी साउन १ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २९ असार २०८२, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै
४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले ६० अर्ब तरलता खिच्दै
राष्ट्र बैंकको अध्ययन : यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती
राष्ट्र बैंकका कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर
राष्ट्र बैंकले मुद्दती निक्षेपमा ५८ करोड लगानी गर्दै