एजेन्सी । रुसले युक्रेनको राजधानी किभमा ठूलो हवाई आक्रमण सुरु गरेको छ ।
सोमबार बेलायत र जर्मनीले युक्रेनलाई हतियार प्रदान गर्न नेटो सहयोगीहरूका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाबारे छलफल गर्न बैठक हुनुभन्दा केही घण्टाअघि रुसले आक्रमण गरेको समाचार संस्था एपीले जनाएको छ ।
यो आक्रमण हालैका महिनाहरूमा युक्रेनमाथि गरेको सबैभन्दा ठूलो हवाई आक्रमणहरूमध्ये एक भएको बताइएको छ ।
युक्रेनको राजधानी किभमा भएको ड्रोन र मिसाइल आक्रमणमा दुईजनाको मृत्यु भएको छ । १२ वर्षीय एक बालकसहित १५ जना घाइते भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
मानिसहरूले आश्रय लिएको किभको शेभचेन्किभ्स्की जिल्लामा रहेको एक सबस्टेशनको प्रवेशद्वारमा ड्रोनले आक्रमण गरेको देखिएको छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूले उक्त स्टेशनको प्लेटफर्म धुवाँले ढाकिएको र भित्र दर्जनौँ मानिसहरू रहेको देखाएको छ ।
सबैभन्दा ठूलो आक्रमणले सहरको डार्निट्स्की जिल्ला प्रभावित भएको छ । त्यहाँ एक किन्डरगार्डेन, सुपरमार्केट र गोदाम सुविधाहरूमा आगलागी भएको छ ।
ट्रम्पले केही दिनभित्रै युक्रेनमा हतियार आपूर्ति हुने बताएको एक हप्तापछि रुसका तर्फबाट भएका घातक आक्रमणले युक्रेनलाई थप पश्चिमी सैन्य सहायता आवश्यक रहेको देखिएको छ । विशेषगरी हवाई रक्षामा आवश्यकताको रहेको विश्लेषण गरिएको एपीले जनाएको छ ।
सोमबार जेलेन्स्कीसँग वार्ताका लागि कीभ पुगेका फ्रान्सेली विदेशमन्त्री जीन–नोएल बारोटले क्षतिग्रस्त क्षेत्रको भ्रमण गरेका थिए ।
जेलेन्स्की र बारोटले रक्षा सहकार्य विस्तार गर्ने, फ्रान्सेली कम्पनीहरूले युक्रेनमा ड्रोन उत्पादन सुरु गर्ने निर्णय र युक्रेनको युरोपेली संघ सदस्यतातर्फको बाटोलाई अगाडि बढाउने विषयमा कुराकानी गरेको युक्रेनी नेताले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ साउन २०८२, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति
तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’