अफगानिस्तान तालिवान तानाशाहअन्तर्गत सबैभन्दा दु:खी देश

एजेन्सी

बुधबार, २९ भदौ २०७९, १२ : ५२
अफगानिस्तान तालिवान तानाशाहअन्तर्गत सबैभन्दा दु:खी देश

एजेन्सी । एक विश्वव्यापी विश्लेषक संगठनको एक अध्ययनअनुसार अफगानिस्तानलाई शारीरिक पीडा, मानसिक तनाव, मानसिक विकार, गरिबी, बेरोजगारी र क्रोधका हिसाबले तालिबान तानाशाही अन्तर्गतको सबैभन्दा दुखी देश घोषित गरिएको छ । अफगानिस्तानको भावनात्मक अवस्थाले अमेरिकाले आफ्ना सेना फिर्ता गरेपछि दक्षिण एसियाली मुलुकमा आतंकवादी समूहले सत्ता कब्जा गरेपछिको अस्थिरता र अनिश्चिततालाई प्रतिबिम्बित गरेको सर्वेक्षणको नतिजाले देखाएको छ ।

ग्यालपको नेगेटिभ एक्सपिरियन्स इन्डेक्सअनुसार कुल ८ प्रतिशत अफगानीहरू चिन्तित र विचलित छन् भने ७४ प्रतिशतले बेरोजगारी र गरिबीका कारण मानसिक तनावको अनुभूति गरिरहेका छन् । त्यस्तै, ६१ प्रतिशत दुःखीका रूपमा वर्गीकृत छन् । 

यसअघि खामा प्रेसले अगस्त–सेप्टेम्बर २०२१ मा प्रकाशित गरिएको एक अध्ययनले देखाएको छ कि ५३ प्रतिशत अफगानहरू देश छोड्न चाहन्छन् । सन् २०२१ को अगस्टमा तालिवानले सत्तापलट गरेपछिका प्रारम्भिक दुई महिना अफगान नागरिकहरूका लागि कठिन भएको जनाइएको छ ।

देशका २५ मिलियन मानिसहरूले मानवअधिकार उल्लंघनको  अनुभव गरिरहेका भन्दै मानवीय मामिलाका लागि संयुक्त राष्ट्रसंघीय निकायले यस अवस्थाको बारेमा चिन्ता जनाएको छ ।