एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धबारे छलफल गर्ने भएका छन्। उनीहरूबीच यो हप्ता भेटघाट हुन लागेको हो।
उनीहरूबीच युक्रेन युद्धसँगै ‘अन्तर्राष्ट्रिय र क्षेत्रीय विषय’ छलफल हुने जनाइएको छ। दुई नेताबीच उज्वेकिस्तानमा एक सम्मेलनको क्रममा भेट हुनेछ। सो सम्मेलन तथा दुई नेताको भेटले पश्चिमा विश्वलाई विकल्प देखाउने रुसले जनाएको छ।
कोरोना भाइरसको महामारी सुरु भएयता चिनियाँ राष्ट्रपति सीले पहिलो विदेश यात्रा गर्न लागेका हुन्। युक्रेनलाई लिएर पश्चिमा विश्वसँग पुटिनको सम्बन्ध खराब अवस्थामा छ। सी र पुटिनबीचको सम्बन्ध भने थप बलियो हुँदै गएको देखिएको छ।
सीले आफ्नो तीन दिने काजखस्तान यात्रा बुधबार सुरु गर्दै छन्। उज्वेकिस्तानमा हुने शाङ्घाइ कोअपरेसन अर्गनाइजेसन (एससिओ) सम्मेलन यही सेप्टेम्बर १५ देखि १६ सम्म हुँदैछ। सोही क्रममा उनीहरूबीच भेट हुने भएको हो।
पुटिनले भारत, पाकिस्तान, टर्की र इरानका नेतासँग पनि भेट गर्ने छन्। तर सीसँगको भेटलाई महत्त्वका साथ हेरिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २९ भदौ २०७९, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह