एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धबारे छलफल गर्ने भएका छन्। उनीहरूबीच यो हप्ता भेटघाट हुन लागेको हो।
उनीहरूबीच युक्रेन युद्धसँगै ‘अन्तर्राष्ट्रिय र क्षेत्रीय विषय’ छलफल हुने जनाइएको छ। दुई नेताबीच उज्वेकिस्तानमा एक सम्मेलनको क्रममा भेट हुनेछ। सो सम्मेलन तथा दुई नेताको भेटले पश्चिमा विश्वलाई विकल्प देखाउने रुसले जनाएको छ।
कोरोना भाइरसको महामारी सुरु भएयता चिनियाँ राष्ट्रपति सीले पहिलो विदेश यात्रा गर्न लागेका हुन्। युक्रेनलाई लिएर पश्चिमा विश्वसँग पुटिनको सम्बन्ध खराब अवस्थामा छ। सी र पुटिनबीचको सम्बन्ध भने थप बलियो हुँदै गएको देखिएको छ।
सीले आफ्नो तीन दिने काजखस्तान यात्रा बुधबार सुरु गर्दै छन्। उज्वेकिस्तानमा हुने शाङ्घाइ कोअपरेसन अर्गनाइजेसन (एससिओ) सम्मेलन यही सेप्टेम्बर १५ देखि १६ सम्म हुँदैछ। सोही क्रममा उनीहरूबीच भेट हुने भएको हो।
पुटिनले भारत, पाकिस्तान, टर्की र इरानका नेतासँग पनि भेट गर्ने छन्। तर सीसँगको भेटलाई महत्त्वका साथ हेरिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २९ भदौ २०७९, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण
रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण
ट्रम्पलाई रुसको जवाफ- सबैखाले प्रतिबन्धको सामना गर्ने सामर्थ्य राख्छौं
तालिवान शासकलाई मान्यता दिने पहिलो देश बन्यो रुस