काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले मन्त्रीहरुले चुनाव प्रचारमा जान नपाउने आचार संहिताको व्यवस्थाको विरोध गरेका छन् ।
राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबार बसेको बैठकमा सांसद श्रेष्ठले भने, ‘राजनीतिक प्रणाली चाहिँ बहुदलीय हुने, त्यो प्रणालीले नेताहरु मन्त्री पनि हुने, तर मन्त्रीहरुले आफैं उम्मेदवार भएको छ भने बाहेक अन्त चुनाव प्रचार नगर्ने भन्ने मिल्दैन ।’ यसलाई सच्याउनुपर्ने उनले बताए ।
बरु राज्य र सरकारको साधन स्रोतको दुरुपयोग भएको छ कि छैन भनेर अनुगमन गर्नुपर्ने उनले बताए । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले समानुपातिक निर्वाचन पद्धतिको बन्दसूचीमा परेको अप्ठ्यारो पनि सुनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ भदौ २०७९, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ