काठमाडौं । काठमाडौंका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा प्रदेश नं ३–०२–००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रोकिराखेको बा प्र ०३–००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएर भएको दुर्घटनामा एकको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक सोही महानगरपालिका–२१ वसन्तपुर दलाछी बस्ने ३१ वर्षीय सुनोजमान डङ्गोलक रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको तथा उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित सडकमा ना ४ ख १०६२ नम्बरको ट्रक र सु.प्र.प्र.०१–११ प २८५८ नम्बरको मोटरसाइकल ठक्कर खाई आज दुर्घटना हुँदा मोटरसाइकल चालक कञ्चनपुर पुर्नवास नगरपालिका–२ बस्ने २८ वर्षीय सुगम तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २४ भदौ २०७९, २१ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु