काठमाडौं । काठमाडौंका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा प्रदेश नं ३–०२–००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रोकिराखेको बा प्र ०३–००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएर भएको दुर्घटनामा एकको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक सोही महानगरपालिका–२१ वसन्तपुर दलाछी बस्ने ३१ वर्षीय सुनोजमान डङ्गोलक रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको तथा उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित सडकमा ना ४ ख १०६२ नम्बरको ट्रक र सु.प्र.प्र.०१–११ प २८५८ नम्बरको मोटरसाइकल ठक्कर खाई आज दुर्घटना हुँदा मोटरसाइकल चालक कञ्चनपुर पुर्नवास नगरपालिका–२ बस्ने २८ वर्षीय सुगम तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २४ भदौ २०७९, २१ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमै अर्काे सडक दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
जिप दुर्घटनामा चालकको मृत्यु, तीन जना घाइते
झापामा दुर्घटना बढ्यो, २५ दिनमा १८ जनाको मृत्यु
सवारी दुर्घटनामा गाडी चालकको मृत्यु
ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
कैलालीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु