मनकामना केबलकार भोलीदेखि देखि सञ्चालन हुने

सफल खबर संवाददाता

शुक्रबार, २४ भदौ २०७९, ११ : २२
मनकामना केबलकार भोलीदेखि देखि सञ्चालन हुने

काठमाडौं । स्तरोन्नतिका लागि बन्द भएको मनकामना केबलकार भोलीदेखि सञ्चालनमा आउने भएको छ। 

केबलकार मर्मतका लागि साउन २३ गतेदेखि बन्द भएको थियो। यो मर्मतमा चारवटा टावरको पार्टपुर्जा, गोन्डोलका ग्रिप, हाइड्रोलिक्स सिस्टमको मर्मत गरिएको छ। 

पहिलो चरणको स्तरोन्नतिको कार्य सकिएर भोलीदेखि सञ्चालनमा आउने मनकामना केबलकार कम्पनीले जानकारी दिएको छ।  आगामी वर्ष डिजिटल सञ्चालन प्रणालीका लागि फेरि मर्मत गरिने कम्पनीले जानकारी दिएको छ।  

प्रतिक्रिया दिनुहोस