जनकपुर । धनुषामा दुई युवतीको शव फेला परेको छ। नगराईन नगरपालिका ६ पुर्वारी टोलस्थित अम्बाघाटको बाँस घारीमा दुबै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक नगराईन नगरपालिका ७ स्थित डेवडिया बस्ने दशरथ महराको १८ वर्षीया छोरी पूजा महरा र भारत मधुवनी जिल्लास्थित हर्निया हरलाखी घर भई डेवडियास्थि हजुरबुबाको घरमा बस्दै आएकी १९ वर्षीया आरती कुमारी महरा छन्।
मंगलवार दिउँसो दुबै जना घाँस काट्न भन्दै घरबाट निस्किएका थिए। चउरमा घाँस काट्न गएका महिलाले उनीहरुको शव देखेपछि ईलाका प्रहरीलाई खबर गरेका थिए।
शवको प्रकृति हेर्दा दुबै जना विष सेवन गरेको देखिए पनि घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ भदौ २०७९, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि
बझाङमा एक महिलाको शव फेला
बेलौरीमा जलेको अवस्थामा भेटिएको शवको पहिचान खुल्यो
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
दानव नदीमा बेपत्ता थप दुई बालकको शव भेटियो
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव