एजेन्सी । क्यानडाको मध्य सास्काचेवान प्रान्तमा छुरा प्रहार गरी १० जनाको हत्या गर्ने दुई संदिग्ध हमलाकारी मध्ये एक जना मृत फेला परेका छन् । क्यानडा प्रहरीले सामूहिक छुरा प्रहार गर्ने दुई संदिग्ध मध्ये एक मृत फेला परेको र उनका भाइ अझै फरार रहेको जानकारी दिएको हो ।
३१ वर्षीय डेमियन स्यान्डरसनको शव हमला भएको जेम्स स्मिथ क्री प्रान्तमा भेटिएको हो । प्रहरीले मृत फेला परेका पुरुष डेमियन स्यान्डरसन रहेको अनुसन्धानपछि पुष्टि भएको जानकारी दिएको हो । प्रहरीले जाँच गरिरहेको घरको छेउमा घाँस रहेको क्षेत्रमा उनको शव भेटिएको थियो ।
उनको शरीरमा चोटपटक लागेको देखिएको छ । प्रहरीले डेमियनका भाइ माइल्स स्यान्डरसन अझै फरार रहेकोले मानिसहरूलाई सतर्क रहन आग्रह गरेको छ । ३० वर्षीय उनलाई पनि चोटपटक लागेको हुन सक्ने भएकोले अस्पतालहरूमा पनि सूचना जारी गरिएको छ ।
माइल्स यसअघि पनि अपराधिक गतिविधिमा संलग्न रहेको उनको प्रहरी रेकर्डबाट थाहा हुने अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् । प्रहरीले उनी रेजिना शहरमा रहेको आशंका गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २१ भदौ २०७९, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानडाको लिबरल पार्टीले जित्यो चुनाव
क्यानडाले रुसी तेल ट्यांकर र जहाजमाथि नयाँ प्रतिबन्ध लगायो
क्यानडामा विदेशी कामदारको संख्या घटाउने प्रधानमन्त्री ट्रुडोको घोषणा
चीनबाट आउने सामानमा क्यानडाले लगायो २५ प्रतिशत कर