एजेन्सी । भारतलाई एसियाकपमा ५ विकेटले पराजित गर्दै पाकिस्तानले सुपर चारमा सानदार सुरुवात गरेको छ। सुपर चारमा सबै टिमले एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्दै शीर्ष स्थानमा रहने २ टिमले फाइनलमा स्थान बनाउने भएकाले भारतको फाइनल सम्भावना भने अझै कायमै छ।
यसअघि समूहचरणमा पहिलो पटक प्रतिस्पर्धा गर्दा भारतले पाकिस्तानलाई पराजित गरेको थियो। जारी खेलमा यो पटक टस जितेर बलिङ पहिले रोज्ने टिमले सफलता प्राप्त गर्दै आएका छन्।आइतबार भारतविरुद्ध पाकिस्तानले सर्वाधिक ठुलो स्कोर चेस गर्न सफल भयो। पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले सर्वाधिक ७१ रन बनाएका थिए।
पहिलो ब्याटिङ गर्दै भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रनको उच्च स्कोर बनाएको थियो।भारतका लागि विराट कोहलीले सर्वाधिक ६० रनको इनिङ खेले। उनी इनिङको अन्तिम दुई बल बाँकी हुँदा आसिफ अलीद्वारा रन आउट भएका थिए।
त्यस्तै, ओपनरहरू केएल राहुल र रोहित शर्माले ५४ रनको साझेदारी गरेका थिए। दुबैले समान २८(२८ रन बनाएका थिए। पाकिस्तानका लागि सादव खानले २ विकेट हात पारेका थिए।
१ सय ८२ रनको लक्ष्य पाकिस्तानले अन्तिम बल बाँकी हुँदा पुरा गरेको थियो। उसका लागि ओपनर रिजवानबाहेक मोहम्मद नवाजले २० बलमा ४२ रन बनाएर भारतमाथि दबाब दिएका थिए।
त्यस्तै, आसिफ अलीले १६ रन बनाउँदा फखर जमामले १५ रन बनाएका थिए। शीर्ष चारमा श्रीलका र पाकिस्तानले समान १(१ खेलमा जित निकालेका छन्। अफगानिस्तान र भारत अंकविहीन रहेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २० भदौ २०७९, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउदी विदेशमन्त्रीले गरे भारत र पाकिस्तानसँग तनाव कम गर्नेबारे छलफल
पाकिस्तानद्वारा भारतविरुद्ध ‘अपरेसन बुनियान मरसुस’ सुरु
भारतले क्षेप्यास्त्र हान्यो, जवाफ दिन हाम्रो सेना तम्तयार: पाकिस्तान
भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको अमेरिकी राजदूतलाई पाकिस्तानद्वारा जानकारी
भारत र पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुखको रुलिङ
भारत- पाकिस्तान तनावले आइपीएल स्थगित, पीएसएलका बाँकी खेल यूएइमा हुने