चितवन । भरतपुर महानगरपालिकाले यस वर्ष दुई हजार जना युवालाई निःशूल्क तालिम प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्ष ०७९/०८० मा महानगरपालिकाले युवाहरुलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रर्वद्धन गर्न एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मागका आधारमा न्युनतम ६ महिनाको निःशुल्क तालिम प्रदान गर्न लागिएको जानकारी दिइन्। युवाले इच्छा गरे अनुरुप महानगरपालिकाले प्राविधिक तालिम दिनेछ ।
भरतपुर बहुप्राविधिक शिक्षालय जगतपुरले आयोजना गरेको २८ दिने वेकरी तालिमको समापन गर्दै कार्यक्रममा बोल्दै मेयर दाहालले रोजगारी प्रर्वद्धन गर्ने स्थानीय सरकारको दायित्व भएकाले बढीभन्दा बढी रोजगारी प्रर्वद्धन गर्ने उद्देश्यले तालिम दिन लागिएको उल्लेख गरिन् ।तालिमका लागि छिट्टै प्रस्ताव आह्वान गर्ने गरी महानगरपालिकाले प्रकृया अगाडि बढाउएको उनको भनाई छ ।‘महानगरको नीति तथा कार्यक्रमले उत्पादन र रोजगारीलाई जोड दिएको छ, उनले भनिन् ,‘उत्पादन वृद्धि गर्ने र लागत घटाउने नीति लिएका छौ । अबको प्राथामिकता उत्पादन र रोजगारी प्रर्वद्धन गर्ने नै हो ।’
मेयर दाहालले भरतपुर महानगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला, सिटीहल निर्माण सम्पन्न भएसँगै ठुलौ संख्यामा रोजगारी सिर्जना हुने बताइन् । भरतपुरमा भइरहेको शहरीकरणले दक्ष जनशक्तिको माग पनि वृद्धि हुँदै गएको उनको भनाई थियो ।भरतपुर बहुप्राविधिक शिक्षालयले छोटो समयमा धेरै जना दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै खुसी व्यक्त गरिन्। शिक्षालयले ३ वर्षदेखि सिटिईभिटीको आङ्गिक कलेजका रुपमा स्थापना भई होटल व्यवस्थापनको कक्षा र तालिम सञ्चालन गर्दै आएको छ । शिक्षालयले उपभोग गर्दै आएको ३ विघा जग्गा सिटिईभिटी मातहत ल्याउन नसक्दा आवश्यक पूर्वाधार निर्माण गर्न कठिन भएको छ ।
मेयर दाहालले कार्यपालिका बैठकबाट निर्णय गरी सिटिभिटीको नाममा जग्गा आएसँगै शिक्षा मन्त्रालयले बजेट विनियोजन गर्ने जानकारी दिइन् । शिक्षालयको अधुरो कामलाई तीब्र ढङगबाट अगाडि बढाउने प्रतिवद्ध व्यक्त गरिन्। शिक्षालयलाई सरवस्ती माध्यमिक विद्यालयले जग्गा उपलब्ध गराएको थियो ।
यसैबीच शिक्षालयले २८ दिने वेकरी तालिम लिने २० जनालाई माईक्रो वेभ ओभनसहित प्रमाण–पत्र वितरण गरिएको छ । सिटिईभिटीको दक्षता परियोजना अन्तरगत कार्यक्रम सञ्चालन भएको तालिम होटल व्यवस्थापन प्रमुख सञ्जिव अर्यालले प्रशिक्षण दिएका थिए। अन्तराष्ट्रिय होटलरु प्रयोग गर्ने उपकरणसहित तालिम प्रदान गरिएकाले विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय होटलहरुमा सहजै रोजगारी पाउने अर्यालले बताए।
कार्यक्रममा वडा नम्बर २३ का वडा अध्यक्ष दिपक दवाडी, वडा नम्बर २४ का अध्यक्ष रामु गोदार लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना
भरतपुरको विकासमा यी कार्यक्रमले पाए निरन्तरता, यस्ता कार्यक्रम आउँदैछन् नयाँ
समृद्ध सहरको संकल्प : भरतपुरले ल्यायो ‘पूर्वाधारमै आधारित’ रूपान्तरणको ठूलो योजना
गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा
डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम