काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै छन् । आइतबार बस्न लागेको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गर्न लागेका हुन् ।
सत्तारुढ दलका नेताहरुले संसदको आयू लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार बहस भइरहेका बेला लिङ्देनले सांसद पदबाट राजीनामा दिन लागेका हुन् ।
‘आज बस्ने संसद बैठकलाई सम्बोधन गर्दै अध्यक्षज्यूले सांसद पदबाट राजीनामाको घोषणा गर्नुहुनेछ,’ राप्रपा स्रोतले भन्यो । ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकिएका बेला मौजुदा प्रतिनिधिसभाको आयू जबरजस्ती लम्ब्याउन खोजिएपछि उनले सांसद पदबाट राजीनामा दिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘देश जित्नेको मात्र होइन, हार्नेको पनि हो, अलिकति परिपक्व व्यवहार गर्नुस्’: राजेन्द्र लिङ्देन
गृहमन्त्रीबारे सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छः राजेन्द्र लिङ्देन
रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
‘कमल दाइ नहुँदा अपूर्ण जस्तो लाग्थ्यो, रुँदै हिँड्न पनि मिलेको थिएन’: राजेन्द्र लिङ्देन
राजनीतिलाई पैसा कमाउने माध्यम नबनाऔँ : राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनको दाबी-‘काँग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ’