काठमाडाैं । भारतको उत्तर प्रदेशस्थित बाराबंकीमा शनिवार बिहान भएको बस दुर्घटनामा चार जना नेपालीको मृत्यु भएको छ । भारतमा भएको बस दुर्घटनामा नेपालीहरूको पनि ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । मृत्यु हुनेमा बाँकेको राप्तीसोनारी गाउँपालिका बिनौना गाउँका प्रेम थारू, शीतल थारू र दाङ बेलतापुरका चक्रबहादुर वली रहेका छन् । अर्का एक जना मृतकको भने सनाखत हुन नसकेको उल्लेख गरिएको छ ।
नेपालगञ्जको सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपी ३२ पीटी ३९४४ नंको यात्रुवाहक बसलाई तीव्रगति आएको ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा २४ जना घाइते भएका छन् । जसमा १४ जना नेपाली रहेको उल्लेख गरिएको छ । दुर्घटनामा घाइते भएका ६ जनाको अवस्था जटिल रहेको जनाइएको छ । उनीहरूलाई थप उपचारका लखनउस्थित ट्रमा सेन्टर पठाइएको छ ।
दुर्घटनामा परेको बस बारबंकी नजिकै टायर पञ्चर भएपछि परिवर्तन गर्न लाग्दा तीव्रगतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, १७ : ०२
लेखकबाट थप