‘एमालेले नागरिकता विधेयकको विरोध गर्नुको अर्थ छैन’: माधव नेपाल

सफल खबर संवाददाता

शनिबार, १८ भदौ २०७९, १६ : ४८
‘एमालेले नागरिकता विधेयकको विरोध गर्नुको अर्थ छैन’: माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले माओवादीसित मात्र नभएर मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले मुलुकका सबै सच्चा इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टी एकताबद्ध बनाउने प्रयास भइरहेको बताएका हुन्।

गठबन्धन दलहरूबीच जित्ने आधारमा सिटको बाँडफाँट हुने बताए। विगतमा गठबन्धन दलहरुका उम्मेदवारले जितेको सिटका आधारलाई टेकेर बाँडफाँट हुने उनको भनाइ छ। 

वर्तमान अवस्थामा गठबन्धन दल मिलेर जानु नै लोकतन्त्रको सुदृढीकरण, सङ्घीयताको कार्यान्वयन, सुशासन र मुलुकका लागि फलदायी हुने बताए।  ‘सिट बाँडफाँटको चाँडै टुङ्गो लाग्ने विश्वास छ’ उनको भनाइ छ। 

विगतमा एमालेले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशअनुसार नै वर्तमान सरकारले विधेयक ल्याएकाले एमालेले यसको विरोध गर्नुको कुनै अर्थ नरहेको प्रष्ट पारे। 

प्रतिक्रिया दिनुहोस