काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट सहमतिनजिक पुगेको बताएका छन् ।
सुर्खेत विमानस्थलमा शनिवार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले निर्वाचन क्षेत्र तोकेरै भागबण्डा मिलाउने तयारी भइरहेको बताए । सत्तारुढ गठबन्धनभित्र कुनै असहमति नरहेको उनले दाबी गरे ।
प्रचण्डले आफू चितवनको ३ नम्बर क्षेत्रबाटै चुनाव लड्ने बताए । नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणापत्र आउनसक्ने बताएका छन् ।
एमालेसँग कुनै पनि प्रकारको तालमेलको सम्भावना नरहेको भन्दै उनले गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा सफलता हासिल गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ भदौ २०७९, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’