काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट सहमतिनजिक पुगेको बताएका छन् ।
सुर्खेत विमानस्थलमा शनिवार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले निर्वाचन क्षेत्र तोकेरै भागबण्डा मिलाउने तयारी भइरहेको बताए । सत्तारुढ गठबन्धनभित्र कुनै असहमति नरहेको उनले दाबी गरे ।
प्रचण्डले आफू चितवनको ३ नम्बर क्षेत्रबाटै चुनाव लड्ने बताए । नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणापत्र आउनसक्ने बताएका छन् ।
एमालेसँग कुनै पनि प्रकारको तालमेलको सम्भावना नरहेको भन्दै उनले गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा सफलता हासिल गरिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ भदौ २०७९, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ढुक्क हुनुस् काँग्रेस फुटेर चुनाव रोकिँदैन': प्रचण्ड
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँ’: प्रचण्ड
परम्परागत ‘चल्ते चलाते’ ढंगले अहिलेको परिस्थितिको सामना गर्न सकिँदैन: प्रचण्ड
वामपन्थी ध्रुवीकरणका लागि नेकपा बनाएका हौँ : प्रचण्ड
वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो: प्रचण्ड