काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात प्रतिवन्ध लगाएका वस्तुको एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । सरकारले आयात नगर्ने भनेका ४ प्रकारका वस्तुको एलसी नखोल्न भनिएको हो । सरकारले गत वैशाख १३ गतेदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।
सरकारको सो निर्णयअनुसार भदौ १४ गतेसम्म त्यस्ता वस्तुको आयात रोकिएको थियो । तर, सरकारले भदौ १४ गते नै अर्काे निर्णय गर्दै आयात प्रतिवन्ध गरिएका १० प्रकारका मध्ये ६ प्रकारका वस्तुको आयात खुल्ला गर्ने र ४ प्रकारका वस्तुको प्रतिवन्ध कायमै राख्ने निर्णय गरेको थियो ।
सरकारले गरेको निर्णय अनुसारका वस्तु आयातको लागि एलसी नखोल्न राष्ट्र बैंकले भनेको हो । सरकारले विदेशी ब्राण्डका मदिरा, सवारी साधन, १५० सीसीभन्दा माथिको इञ्जिन क्षमताका मोटरसाइकल र स्मार्टफोन आयातमा प्रतिवन्ध कायमै राखेको छ ।
राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै यी ४ प्रकारका वस्तुको आयातमा एलसी नखोल्न भनेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ भदौ २०७९, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ: राष्ट्र बैंक
ऋणीहरूलाई ठूलो राहत दिँदै राष्ट्र बैंकले लागू गर्यो नयाँ व्यवस्था
राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्दै
नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर
राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने