काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात प्रतिवन्ध लगाएका वस्तुको एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । सरकारले आयात नगर्ने भनेका ४ प्रकारका वस्तुको एलसी नखोल्न भनिएको हो । सरकारले गत वैशाख १३ गतेदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।
सरकारको सो निर्णयअनुसार भदौ १४ गतेसम्म त्यस्ता वस्तुको आयात रोकिएको थियो । तर, सरकारले भदौ १४ गते नै अर्काे निर्णय गर्दै आयात प्रतिवन्ध गरिएका १० प्रकारका मध्ये ६ प्रकारका वस्तुको आयात खुल्ला गर्ने र ४ प्रकारका वस्तुको प्रतिवन्ध कायमै राख्ने निर्णय गरेको थियो ।
सरकारले गरेको निर्णय अनुसारका वस्तु आयातको लागि एलसी नखोल्न राष्ट्र बैंकले भनेको हो । सरकारले विदेशी ब्राण्डका मदिरा, सवारी साधन, १५० सीसीभन्दा माथिको इञ्जिन क्षमताका मोटरसाइकल र स्मार्टफोन आयातमा प्रतिवन्ध कायमै राखेको छ ।
राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै यी ४ प्रकारका वस्तुको आयातमा एलसी नखोल्न भनेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ भदौ २०७९, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै
तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँ संकलन गर्ने राष्ट्र बैंकको तयारी